गुरुप्रसाद न्यौपानेले धादिड. र नुवाकोटको सिमामा ७५ मेगावाटको त्रिशुली गल्छी आयोजना बनाउन नसक्ने भएपछि १२ प्रतिशत ब्याजसहित आफ्नो पैसा फिर्ता पाउन लगानीकर्ताले ताकेता गर्न थालेका छन् ।

सिद्धकाली पावर लिमिटेडको नाममा  सो आयोजना बनाउने भनिएको थियो ।

धादिड.का लगानीकर्ता शक्ति थापाले न्यौपानेले आयोजना बनाउन नसक्ने भन्दै बिद्युत बिकास बिभागमा निबेदन पेश गरेपछि अब आफुहरु बार्षिक १२ प्रतिशत ब्याज सहित रकम फिर्ताको अभियानमा जुटेको सेयरलगानी डटकमलाई बताए । उनले दुई बर्ष अगाडि दलालमार्फत आफुहरुले दिएको पैसा १२ प्रतिशत ब्याजसहित फिर्ता नपाए न्यायिक निकायमा ठगीको उजुरी दिनेसम्मको तयारीमा लागेको जानकारी पनि दिए ।

भक्तपुरका लगानीकर्ता रबिन्द्रभक्त कासुलाले पनि आफुले त्रिशुली गल्छी बनाउन भन्दै कम्पनीले गरेको आकर्षक बिज्ञापनको आधारमा ६ लाख रुपैयाँ लगानी गरेकोमा त्यो फिर्ता पाउन न्यौपानेको कार्यालयमा निबेदन दर्ता गराईसकेको बताए । उनले आफुसँगै धेरै लगानीकर्ताहरुले रकम फिर्ता माग गर्दै निबेदन दिए पनि पैसा पाउन ढिलाई भएको गुनासो गरे ।

गुरुप्रसाद न्यौपानेले त्रिशुली गल्छी निर्माण गर्ने भन्दै दुई हजार पाँच सय भन्दा बढी सर्बसाधारणबाट दुई अर्ब बराबरको रकम उठाएका बताईन्छ । आयोजना नबन्ने भएपछि थापाथलीस्थित ट्रेड टावरमा रकम फिर्ता माग्न गएकाहरुलाई न्यौपानेले उठाईएको रकमबाट धादिड.मा आयोजना बनाउने जग्गा किनिएकाले सोही जग्गा लेऊ भन्ने गरेको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

बिद्युत बिकास बिभागका महानिर्देशक नबिनराज सिंहले त्रिशुली गल्छीलाई ७५ मेगावाटको बनाउन नसकिने भन्दै त्यसलाई २५ मेगावाट भन्दा तल झार्न कम्पनीले निबेदन दिएको जानकारी दिदै त्यस्तो निर्णय आफुहरुले गर्न नसक्ने स्पष्ट पारेका छन् ।

महानिर्देशक सिंहले सेयरलगानी डटकमसँगको कुराकानी भनेका छन्- कम्पनीले क्षमता घटाई पाउँ भनेर निबेदन दिएको छ तर त्यसो गर्नु नहुने भन्दै अख्तियार लगायत धेरै ठाउँमा उजुरी पनि परेको छ । ऐन नियम विपरित हामी कुनै निर्णय गर्दैनौ ।

त्रिशुली गल्छीका प्रबद्र्धक गुरु न्यौपानेका छोरा संजीव न्यौपानेले ७५ मेगावाटको आयोजना बनाउन नसकिने भएपछि त्यसका लागि लगानी गर्नेहरुको पैसा फिर्ता दिन थालिएको र रकम फिर्तामा कुनै समस्या नरहेको सेयरलगानी डटकमसँग दावी गरे ।

उनले भने- रकम फिर्ता लिन चाहनेहरुलाई फिर्ता गर्न थालिएको छ, कसैको गुनासो भए मकहाँ पठाईदिनु होला, कर्मचारीहरुका तर्फबाट केही कमजोरी भएको भए पनि सुधार्न तयार छौ ।

एकैचोटी ठूलो रकम फिर्ता गर्न परेपछि एकपछि अर्को काण्डमा फसेका गुरु न्यौपानेलाई आपतको अबस्था ब्यहोर्नु परेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here